Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

श्रमिकको हवाई टिकटमा खाना–खाजाको सुविधा

१४ शुक्रबार , बैशाख २०८१२ बर्ष अगाडि

श्रमिकको हवाई टिकटमा खाना–खाजाको सुविधा

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई टिकटमा खाना–खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको हो ।  

उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने र मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुदा नेपाली श्रमिकहरूको हवाई टिकटमा खाना–खाजा तथा पानीको सुविधा आवस्यक रहेको बताईएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभललाई  पत्राचार गरी आग्रह गरेको हो ।

विभागका महानिर्देशक डुण्डुराज घिमिरेका अनुसार घण्टौँको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको थियो ।