Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि कक्षा १२ को परीक्षा सुरु

१४ शुक्रबार , बैशाख २०८१६ महिना अगाडि

आजदेखि कक्षा १२ को परीक्षा सुरु

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ७७ वटै जिल्लामा कक्षा १२ को परीक्षा एकैसाथ बिहान ८ बजेदेखि शुरु गरेको छ । देशभर १ हजार ५ सय २५ र देशबाहिर जापानको १ परिक्षा केन्द्रमा परीक्षा शुरु गरेको हो ।

आजदेखि शुरु भएको परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी सहभागी भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका छन् ।

देशभरका ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् भने बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा परिक्षा सुरु भएको छ । त्यस्तै देशबाहिर जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको बताईएको छ ।

यसवर्ष कुल १ हजार ५ सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेकामा सबैभन्दा बढी काठमाडौँमा १ सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति र १८ हजार ३ सय प्रहरी परिचालन गरिएको बताईएको छ ।