Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महानगरले चौधरी ग्रुपलाई २ लाख जरिवाना तिराउने

१४ शुक्रबार , बैशाख २०८१२ बर्ष अगाडि

महानगरले चौधरी ग्रुपलाई २ लाख जरिवाना तिराउने

चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ चाउचाउको गुणस्तरमा कैफियत भेटिएसँगै २ लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाडौँ महानगरपालिकाले वाइवाइ चाउचाउको गुणस्तरमा कैफियत भेटिएसँगै  २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

महानगरले चौधरी ग्रुप(सिजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएसँगै ब्याच नं ६० को लट नै तुरुन्त बजारबाट फिर्ता गरी सो को प्रमाणसमेत पेश गर्न निर्देशन दिइएको छ । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको हो ।

बजार व्यवस्थापन तथा अनुगमन टोलीले महानगरको वडा नं-६ सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेको थियो । १५० ग्राम नमुना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा परीक्षणबाट आएको प्रतिवेदनले चाउचाउमा एसिड भ्यालु १३.९३४ देखाएको बताईएको छ । तेलको गुणस्तरका कारण यो समस्या देखिएको र यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने चिकित्सकहरूको भनाई छ ।