Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डिडिसीद्धारा किसानलाई रु ४८ करोड भुक्तानी

१४ शुक्रबार , बैशाख २०८१६ महिना अगाडि

डिडिसीद्धारा किसानलाई रु ४८ करोड भुक्तानी

दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । संस्थानले १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।

वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेको र सोहि कारण डिडिसीले किसानलाई रकम भुक्तानी गरेको बताईएको छ । संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीका अनुसार  गर्मी बढेसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको हो ।

गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीमा सहज भएको अधिकारीको भनाई छ । संस्थानले वैशाख लागेपछि विराटनगरमा १० करोड, जनकपुरमा १ करोड, हेटौँडा क्षेत्रमा ८ करोड, लुम्बिनी क्षेत्रमा ४ करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा २ करोड ७५ लाख, धनगढी क्षेत्रमा १ करोड ५० लाख र काठमाडौँमा १३ करोड किसानको रकम भुक्तानी गरेको छ ।

हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी ६ करोड रकम कट्टा गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताएका छन् । साथै डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको बताईएको छ ।