Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

जाजरकोट र रुकुमपश्चिमका भूकम्पप्रभावित पत्रकारलाई प्रेस काउन्सिलद्वारा इन्टरनेटमा सहुलियत

१३ बिहिबार , बैशाख २०८११० दिन अगाडि

जाजरकोट र रुकुमपश्चिमका भूकम्पप्रभावित पत्रकारलाई प्रेस काउन्सिलद्वारा इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोष अन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएका थिए । 
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासेसहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर सहायता प्रदान गरेको हो ।

अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरेको बताउनुभयो । भूकम्प प्रभावित पत्रकारको साथमा काउन्सिल रहेको भन्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिन समेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठुलो सहयोग पुगेको उहाँको भनाइ थियो । मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै मिडिया हाउसको सूचिकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको जानकारी दिनुभयो ।

काउन्सिलले रुकुमपश्चिमका १९ जना पत्रकार, आठ वटा एफएम रेडियो र ६ वटा छापा तथा अनलाइन पत्रिकालाई सहुलियत वितरण गरेको छ । यस्तै जाजरकोटका २४ जना पत्रकार, ५ वटा एफएम रेडियो र १० वटा अनलाइन तथा छापा माध्यमलाई सहुलियत वितरण गरिएको काउन्सिलका शाखा अधिकृत महेन्द्रराज सिंहले जानकारी दिनुभयो । काउन्सिलले जाजरकोट र रुकुम पश्चिमका सञ्चार गृहको अनुगमन तथा निरीक्षण गर्नुका साथै आचारसंहिता जागरण सञ्चालन गरेको थियो ।