Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वेस्ट इन्डिजसँग खेल्ने नेपाली टिम छनौट

१३ बिहिबार , बैशाख २०८१२ बर्ष अगाडि

वेस्ट इन्डिजसँग खेल्ने नेपाली टिम छनौट

वेस्ट इन्डिज ए विरुद्ध आइसीसी टि२० विश्वकपको तयारीका लागि खेल्ने नेपाली टिम छनौट भएको छ । वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले १६ सदस्यीय टोली घोषणा गरेकोमा एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेटेको छ । नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द लगायत रहेका छन् ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ टोलीमा : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स रहेका छन् ।

खेल तालिकाअनुसार टियु मैदानमा नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ । त्यसैगरी दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं मे ४ मा हुने बताईएको छ । उक्त सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछ ।