Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भारतीय भन्सारले रोकेको तयारी चियाको निर्यात खुला

१३ बिहिबार , बैशाख २०८१२ बर्ष अगाडि

भारतीय भन्सारले रोकेको तयारी चियाको निर्यात खुला

नेपाली तयारी चियाको निर्यातमा भारतीय भन्सारले गरेको रोकावट खुला गरेको छ । गएको शुक्रबार काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र रोकिएकोमा मंगलबार 
बेलुकी देखि खुला गरेको हो ।

नेपाली तयारी चिया बोकेका उक्त ट्रकहरु पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मंगलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिएका छन् । पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको र अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएपछी खुलाएको बताईएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट नेपाली तयारी चिया बोकेका १७ वटा नेपाली ट्रकलाई भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको जनाउदै गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने बताएपछि उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै नेपाली पक्षले पुरानै प्रावधानअनुरूप चियाको निर्यात गर्न माग गरेका थिए ।

नेपाली पक्षले चिया निर्यातमा भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरे पछी अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियम अनुसार चियाको निर्यात खुलाउन सहमत भएको बताईएको छ ।

उक्त सीमामा चियाको एउटा नमूनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलन छ । भारतीय भन्सारले पुरानै जाँच नियमअनुसार नेपाली ट्रकहरूलाई छाडिदिएको हो । हाल सिटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको र नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।