Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

उपत्यकाका मेडिकलहरूमा छापा, तीन जना पक्राउ

१३ बिहिबार , बैशाख २०८११० दिन अगाडि

उपत्यकाका मेडिकलहरूमा छापा, तीन जना पक्राउ

काठमाडौँ उपत्यकाका मेडिकलहरूले औषधिलाई लागुऔषधको रूपमा बेचेको आरोपमा प्रहरीले छापा मारेको छ । लागुऔषध नियन्त्रण ब्युरो र औषधी व्यवस्था विभागको टोलीले संयुक्त रूपमा उपत्यकाका मेडिकलहरूमा छापा मारेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो र औषधी व्यवस्था विभागको टोलीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कागेश्वरी नगरपालिका-८ मा रहेको गोगो फार्मेसीका सञ्चालक २६ वर्षीय निरस कुमार महतो, भक्तपुरको बोडेमा रहेको टिसा फार्मेसीका सञ्चालक ३३ वर्षीय राजु सिपाई र उक्त फार्मेसीमा कार्यरत २० वर्षीय सतेन्द्र यादवलाई रहेको ब्युरोले जनाएको छ ।

पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागु औषधको रूपमा प्रयोग गरिने औषधीहरू बरामद भएको बताईएको छ । उनीहरूलाई कारबाहीका लागि औषधी व्यवस्था विभाग पठाइएको पनि ब्युरोले जनाएकोछ ।