Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मिसन थाइलैण्ड: के होला नतिजा?

११ सोमबार , माघ २०७२९ बर्ष अगाडि

पूर्वराजाको थाइलैण्ड भ्रमण राजनीतिक सुनामी बनेको छ। पूर्वराजालाई दिल्ली र चीनले निम्त्याएको र नेपालमा राजतन्त्र र हिन्दूराष्ट्र घोषणामा दुबै मुलुकले सघाउने भएपछि नेपाली राजनीति तातेको हो। परिआए पूर्वराजा पहिलेको भ्रमणजस्तै दिल्लीसमेत जानसक्ने स्रोतहरुको दावी रहेको छ।
भित्रभित्रै चर्चा छ: यसपटकको पूर्वराजाको थाइलैण्ड भ्रमण निर्णायक हुनेछ। नेपालमा बिग्रदै गएको राजनीतिक स्थितिको कडी पूर्वराजाको यो भ्रमणसँग जोडिएको अर्थ पनि लगाउन थालिएको छ। पूर्वराजा करिब महिनादिनपछि नेपाल फर्कदा फागुन ७ आउने छ र त्यही साइत नेपालमा राजनीतिक परिवर्तनको साइत बन्नेछ भन्छन् विश्लेषकहरु। अति भयो नेतातन्त्र, अव हस्तक्षेपको जरुरी छ भन्ने निष्कर्ष बुद्धिजीवी, व्यवसायी, अधिकारकर्मी सबैले गरिरहेको स्थितिमा पूर्वराजा थाइलैण्ड जानुले परिवर्तनका संकेतहरु देखिएका छन्। असोज ३ मा संविधान जारी भए पनि मधेस आन्दोलन र भारतीय नाकावन्दीले त्यो संविधान कार्यान्वयन हुनसकेन। नेपालका सामान्य जनजिविका र आर्थिक स्थिति धरासायी भइकेको छ। पूर्वराजालाई स्पेश नदिनु र हिन्दूराष्ट्र हटाउनु ठूलो गल्ती भएको उत्तरदक्षिण दुबैतिरको निष्कर्षले गर्दा पूर्वराजालाई जसरी कुनै बेला चीनले नरोदम सिंहानुकलाई साथ दिएर पुनर्स्थापना गराएको थियो, अहिले पूर्वराजा ज्ञानेन्द्रलाई दुबै क्षिमेकीले साथ दिन लागेको बुझिएको छ। यही मुद्दालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इज्जतको सवाल बनाएकाले पनि नेपालमा अस्थिरता र अराजकता बढेको छ, राजनीतिक नेतृत्व विफल भएको छ। संविधान जारी हुँदा नोट गरेको भारतले  संविधानको पहिलो संशोधनलाई सकारात्मक मात्र मान्नुको कारण पनि यही मानिएको छ।
पूर्वराजाले पुष २७ मा दिएको सन्देशमा मैले दरवार छाडेको हुँ, जनताको घरबार छाडेको छैन भनेका थिए। यो अभिव्यक्ति सियोले प्रधानमन्त्रीलाई घोच्यो र घरवार गरेर बस्न पाइन्छ भन्ने तीतो टिप्पणी गरे। लोकतन्त्र त अमर छ, तर पूर्वराजाले भनेको त्यो जनताको घरबार फागुन ७ सम्ममा प्रत्यक्ष देखिने विश्लेषकहरु बताउन थालिसकेका छन्।