Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

बिप्लवको आर्मी शासन सुरु भइसक्यो

११ सोमबार , माघ २०७२११ बर्ष अगाडि

कीर्तिपुरबाट चितवन पुगेको बिप्लव माओवादी बाग्लुङबाट बझाङमा समेत जनसरकार गठन गरेर फौजी कारवाही अगाडि बढाइसकेका खबर आएका छन्। जनवादी एकीकृत क्रान्ति– यही हो विप्लव माओवादीको अभियान। यसको झल्को विप्लवले सैंबुस्थित केवुल नेटवर्कमा बम पड्काएर राजधानीलाई दिइसकेको छ। विभिन्न जिल्लामा जनविरोधीहरुमाथि कारवाही गर्दै संगठन बलियो पार्दै र सैनिक भर्ति र तालिम दिदै अघि बढेको विप्लव माओवादी ठूलै बिप्लव गर्नसक्ने  शक्ति बनिसकेको छ। यद्यपि अहिलेसम्म बिप्लवले सिकार  खेल्न थालिसकेको स्थिति देखिदैन। तर मुलुक बारुदमाथि उभिइसक्यो।
प्रचण्ड बैद्यको शरणमा पुगिसके, डा.बाबुराम नयाँ शक्ति निर्माणमा जुटेका छन्, बिप्लवले संविधान अस्वीकार गर्दै बन्दुक र बम आन्दोलनलाई अघि बढाउनुले मुलुक थप समस्यामा पर्दै गएको छ। उता मधेसमा सीके राउतले समेत भूमिगत सशस्त्र समूहहरुसँग मिलेर फौज तैयार गर्नु र फौजी तालिम दिन थाल्नुले समेत मुलुकमा ठूलै संकट देखिदैछ। बिद्रोहका संकेतहरु पहाड, मधेस दुबैतिर देखिन्छन्। संविधानको पुच्छर समातेर बसेका ठूला दलहरु यी संकेतको आहड सुनिरहेका छैनन्। सत्तामा बसेका एमाले अध्यक्ष केपी ओलीले देशमा बिद्रोहको राँको बल्ने स्थितिलाई टुलुटुलु हेरेर बसेका छन्। राज्य निरीह बन्दै गएको छ, शान्ति र स्थिरता समाप्त भइरहेको छ। संविधान कार्यान्वयन हुन नसक्नुले देश बारुदमाथि उभिन पुग्यो, जुनसुकै बेला पड्किनसक्छ।