Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

नेपालगञ्जको एकीकृत भन्सार जाँचचौकी सञ्चालन हुने

१२ बुधबार , बैशाख २०८१११ दिन अगाडि

नेपालगञ्जको एकीकृत भन्सार जाँचचौकी सञ्चालन हुने

अबको दुई हप्तामा नेपालगञ्ज नाकामा निर्मित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) सञ्चालनमा आउने भएको छ । भारतले एकीकृत भन्सार जाँचचौकी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरेकाले दुई हप्ता भित्रमा सञ्चालनमा आउने भएको हो ।

आईसीपी निर्माण भैसकेकाले अब १०-१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आईसीपी स्थलबाट शुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताएका छन् । उनले आईसीपी सञ्चालनमा आएपछि मालवाहक गाडीको जाँचपास आईसीपीबाटै गरिने पनि जानकारी दिएका छन् ।

गतवर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईसीपीको भर्चुअल माध्यमबाट उद्घाटन गरेको झन्डै एक वर्षपछि भारतले नेपाल सरकारलाई नेपालगञ्ज आईसीपी हस्तान्तरण गरेको हो । आईसीपी सञ्चालन भएपछि वस्तु आयात-निर्यातमा उद्योगी व्यापारीलाई ठूलो सहायता पुग्ने नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

आईसीपी स्थलमा भन्सार कार्यालय,पशु र प्लान्ट क्वरेण्टीन,गोदाम,खाद्य प्रविधि तथा गुण नियन्त्रण,सुरक्षा ब्यारेक,बैंक काउन्टरलगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको बताईएको छ ।