Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गोरखाको बारपाकमा सार्वजनिक बिदा

१२ बुधबार , बैशाख २०८१६ महिना अगाडि

गोरखाको बारपाकमा सार्वजनिक बिदा

विक्रम सम्बत २०७२ साल वैशाख १२​ गते गएको विनासकारी भूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । हिजो बसेको गाउँ कार्यपालिकाको बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आजभन्दा ९ वर्ष अघि वैशाख १२ गते शनिबार बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा पालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिएका छन् ।

त्यस्तै गाउँपालिकाले वडा नम्बर १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा ११:४५ बजे श्रद्धाञ्जली सभा समेत राखेको छ । उक्त विनासकारी भूकम्पले गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं,  ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जन धनको क्षति पुर्‍याएको थियो भने ३२ जिल्ला प्रभावित भएको थियो ।

उक्त विनासकारी भूकम्पमा परि गोरखाको बारपाक लगायत विभिन्न जिल्लाका ८ हजार ९ सय ७० जनाले ज्यान गुमाएका थिए । त्यस्तै गृह मन्त्रालयको तथ्याङ्क अनुसार २२ हजार भन्दा बढी मानिस घाइते भएका थिए ।

उक्त भूकम्पबाट ५ लाख ११ हजार ३ सय ९० घर पूर्ण रूपमा क्षति हुनुका साथै २ लाख ८६ हजार ७ सय ६७ घरमा आंशिक क्षति पुगेको थियो । अहिले पनि बेला-बेलामा  ९ वर्ष अघिको विनासकारी भूकम्पको पराकम्पन जाने गरेको छ ।