Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बिहे घरमा आगलागी लाखौको क्षति

१२ बुधबार , बैशाख २०८१६ महिना अगाडि

बिहे घरमा आगलागी लाखौको क्षति

सर्लाही जिल्लाको बलरा नगरपालिका–६ मिर्जापुरमा बिहे घरमा आगलागी हुँदा लखौको क्षति सहित दुई जना घाइते भएका छन् । गएराति रामचन्द्र महतोको खपडाले छाएको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको हो ।

आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जलेको र झन्डै छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन्  । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना  घाइते भएको बताईएको छ ।

आगलागीबाट घाइते भएकाको दुवै हात र खुट्टा जलेको र उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले देशैभर आगलागीको घटना बढिरहेकाले वातवरणमा समेत असर परेको र सासका रोगीहरुलाई असर परेको स्वास्थ्यविदहरुले बताएका छन् ।

त्यस्तै सर्लाही  जिल्लाकै कविलासी नगरपालिका–२ पिपरियामा आगलागीबाट परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको र झन्डै ८० हजार मूल्य बराबरको पराल जलेको बताईएको छ । आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको प्रहरीले बताएको छ ।