Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चालु आर्थिक वर्षको ९ महिनामा ३७ अर्बको खाद्यान्न आयात

११ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

चालु आर्थिक वर्षको ९ महिनामा ३७ अर्बको खाद्यान्न आयात

नेपालले चालु आर्थिक वर्षको ९ महिनामा ३७ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ९ महिनाको अवधिमा ३७ अर्ब १ करोड रुपैयाँ बराबरको खाद्यान्न वस्तु आयात भएको हो ।

जसमध्ये भारतबाट मात्रै ३६ अर्ब ४ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । जसमा ८९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको विभागको भनाइ छ । यस्तै सरकारले सो खाद्यान्न वस्तु आयात गरे वापत् २ अर्ब ३३ करोडको राजस्व संकलन गरेको बताईएको छ ।

९ महिनामा भारतबाट आयात भएको ३६ अर्ब ४ करोड रुपैयाँ रकम खर्च गरे वापत सरकारले भारतबाट ७ लाख ८१ हजार मेट्रिक टन खाद्य वस्तु आयात गरेको छ । अन्य मुलुकबाट करिब १ अर्ब रुपैयाँ बराबर ८ हजार मेट्रिक टन खाद्य वस्तु ल्याएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालले अन्य मुलुकबाट बासमती चामल,मकै,गहुँ लगायत विभिन्न खाद्य वस्तु आयात गर्दै आएको छ ।