Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पारिश्रमिक नबढाए उत्तरपुस्तिका नजाच्‍ने चेतावनी

११ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

पारिश्रमिक नबढाए उत्तरपुस्तिका नजाच्‍ने चेतावनी

एसईईको उत्तरपुस्तिका जाच्ने शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका जाच्ने काम नगर्ने चेतावनी दिएका छन् । २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक तोकिएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नाजाच्ने चेतावनी दिएका हुन् ।

गत चैत १४ गतेदेखि चैत २६ गते सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएको दुई साता हुँदैछ । असार महिनाभित्र परीक्षाफल प्रकाशित हुने भनी विद्यार्थी र अभिभावकहरु कुरेर बसेका छन् । तर,उत्तरपुस्तिका जाँच गर्ने शिक्षकहरुले पारिश्रमिक बढाउनुपर्ने माग राख्दै अन्यथा उत्तरपुस्तिका नजाँच्ने चेतावनी दिएका छन् ।

शिक्षकहरूले २०७२ सालदेखि एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने भन्दै विज्ञप्त निकालेर चेतावनी दिएका हुन् । हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले ५ रुपैयाँ पाउने र त्यसमा पनि १५ प्रतिशत कर काट्ने व्यवस्था रहेको छ ।

पारिश्रमिक बढाउने माग सहित नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका हुन् ।

पारिश्रमिक बढाउन पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने उनीहरुको भनाई छ ।