Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पेट्रोलियम पदार्थ उत्खनन बारे मन्त्री भण्डारीलाई जानकारी

११ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

पेट्रोलियम पदार्थ उत्खनन बारे मन्त्री भण्डारीलाई जानकारी

उद्योग, वातावरण तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खनन बारे भइरहेको प्रगति विवरण चिनियाँ पक्षले जानकारी गराएको छ । चिनियाँ सरकारको ‘जिओलोजिकल सर्वे कम्पनी’का परियोजना प्रमुख डा.याङ पिङले कामका प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी गराएका हुन् ।

हाल पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितका अनुसार सो टोलीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य सुरु गर्ने जानकारी गराएका छन् । उक्त चिनियाँ टोलीले सन् २०१९ देखि हालसम्मका कामका बारेमा जानकारी गराउँदै दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना उच्च रहेको जनाएको छ ।

अन्वेषण परियोजना प्रमुख नापितले त्यसको पुष्टि हुने परिमाण र गुणस्तरबारे जानकारी प्राप्त हुन बाँकी रहेको बताएका छन् । टोलीमा चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीका सर्वेक्षण उपमहानिर्देशक डा. मुको नेतृत्व सहितको विज्ञ समूहको टोलीले मन्त्री भण्डारीलाई प्रगति विवरण जानकारी गराएका थिए । 

उक्त जानकारी पछि मन्त्री भण्डारीले चिनियाँ सरकारको सहयोगको सराहना गर्दै आगामी दिनमा नेपालमा यस्ता क्षेत्रमा लगानी बढ्नेमा विश्वास व्यक्त गरेका थिए ।

मन्त्री भण्डारीले दैलेखको पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगति अत्यन्त उत्साहजन रहेको जानकारीले सरकारलाई उत्साहित बनाएको प्रतिक्रिया दिँदै उनले सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।