Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सत्यार्थीका सत्य वचन: वासुदेव वाग्ले

१५ मंगलबार , पौष २०७११२ बर्ष अगाडि

सत्यार्थीका सत्य वचन: वासुदेव वाग्ले
सत्य बोले सत्यार्थीले। सत्यार्थीका सत्य वचन हाम्रा नीतिनिर्माता, सरकार र समाजले आत्मसात गर्‍यो भने नेपालमा हिंसा घट्नेछ, विश्वास बढ्नेछ र राष्ट्रको भविष्य उज्यालो हुनेछ। संविधानमा बाल अधिकार सुरक्षित गर। बालमैत्री संविधान बनाउ। सत्यार्थीको आग्रह यही हो। सन २०१४ को नोवल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले यो पुरस्कार विश्वका अधिकारविहीन वालबालिकाको हो भने र यसमा नेपालको पनि हक छ भनेर ठूलै अभिव्यक्ति दिए। यही कारण उनले नेपालमा सम्मान पाए। उनको यो कर्म र फल दुवैप्रति नेपालीले पनि गर्व गरे। 
सत्यार्थीले जुन देशमा वालवालिकाको हक, हित हेरिन्छ, त्यो देशको भविष्य उज्ज्वल हुन्छ भन्ने उनको धारणा छ। बालबालिकाको अधिकारको लडाइँलाई विश्वव्यापीकरण गर्न उनले नेपालीको समर्थन खोजेका छन्। नेपालीले उनलाई समर्थनमात्र होइन आत्मीक विश्वास र भरोसा समेत दिलाएका छन्। सत्यार्थीले दाङ पुगेर दुनियाँमा कुनै अबोध बालबालिका बन्धक र शोषित हुनबाट बचाउन आफू सधैँभरि लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले गरिबको मुख्य शत्रु गरिबी भएको भन्दै गरिबीलाई शि212ाले हटाउने बताए। उनले नेपाल–भारत सम्बन्धबा रोटी, माटो र धर्म र संस्कृतिसँग जोडिएको भन्दै भारतले नेपाललाई गरिबीबाट मुक्त गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नैपर्ने धारणा पनि सार्वजनिक गरेका छन्। भारतले कुनै प्रतिक्रिया जनाएको देखिदैन। सत्यार्थीले नेपाल विश्वकै फरक पहिचान बोकेको देश भएको हँुदा यहाँका हरेक युवा शक्तिहरु पैसा कमाउन विभिन्न खाडी मुलुकमा जानुपर्ने बाध्यता भएको हुँदा त्यसलाई रोक्न दुई छिमेकी राष्ट्र भारत र चीनले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छन्। नेपालमै शि212ा र रोजगारको अवसर मिलाउन छिमेकका दुवै ठूला मुलुकले नेपालको हित र प्रगतिका लागि भूमिका खेल्लान त? नेपालसँग सबै कुरा छ तर राजनीतिमा इमान, धरम र शरम नहुँदा नेपालीहरुले दुःख पाइरहेका छन्। यो कटु यथार्थ हो। नेपाली नेताहरुलाई 'गाइड' गर्ने भारत र चीनका शासकहरुले राजनीतिमा इमान, व्यवहारमा धरम र लोकलज्जाबाट बच्न सिकाइदिए भने नेपालको उन्नति हुन धेरै लामो समय पर्खनुपर्ने थिएन।