Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

क्रिकेटर लामिछानेको पुनरावेदनमा आज सुनुवाइ

१० सोमबार , बैशाख २०८१६ महिना अगाडि

क्रिकेटर लामिछानेको पुनरावेदनमा आज सुनुवाइ

आज काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइ हुँदैछ । लामिछानेको उक्त मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो भने जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको बताईएको छ । यसअघि काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो ।