Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन शुरु

१० सोमबार , बैशाख २०८१६ महिना अगाडि

शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन शुरु

आजदेखि नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन शुरु हुने भएको छ । आजदेखि शुरु हुने महाधिवेशनमा सहमति हुन नसकेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशनमा भाग नलिने भएको छ ।

उक्त संगठनले महासंघको विधानविपरीत एकपक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएको र महाधिवेशन रोक्न राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै  महाधिवेशनमा भाग नलिने घोषणा गरेको बताईएको छ ।

संगठनका महासचिव हंसबहादुर शाहीले महासंघको सदस्यता नवीकरण,विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको आरोप लगाउदै महाधिवेशनमा भाग नलिने बताएका छन् ।

यता महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरेका छन् ।