Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पाँच रुपैयाँको ३५ करोड थान नोट छापिने

१० सोमबार , बैशाख २०८१६ महिना अगाडि

पाँच रुपैयाँको ३५ करोड थान नोट छापिने

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नोट  ३५ करोड थान छाप्ने तयारि थालेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा अधिकारीको हस्ताक्षरमा उक्त नोट छापिने भएको हो ।  

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए भने उनको कार्यकाल एक वर्ष पनि बाँकी छैन । गभर्नर अधिकारीको कार्यकालमै नोट छाप्न 
नेपाल राष्ट्र बैंकले बोलपत्र आव्हान गरेको छ ।

राष्ट्र बैंकले नेपाली ५ रुपैयाँको नोट छपाइका लागि योग्य सेक्युरिटी प्रिन्टरहरूलाई अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बोलपत्र कागजातका लागि नेपाली २० हजार,१५० अमेरिकी डलर,युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । पूर्वबोलपत्र आह्वान गर्ने समय मे १० नेपाली समय ११ बजेसम्म रहेको जानकारी दिइएको छ ।

त्यसका लागि सिल गरिएको बोलपत्र नेपाल राष्ट्र बैंक,मुद्रा व्यवस्थापन विभाग,बालुवाटारको कार्यालयमा आफैँ उपस्थित भएर वा कुरियरमार्फत (यस बोलपत्रको ४६ औँ दिन) नेपाली समय अनुसार दिउँसो १२ बजे वा अघि पेश गर्नुपर्ने बताईएको छ ।

समयमै प्राप्त नभएको बोलपत्रहरू अस्वीकार हुने बैंकले जनाएको र बोलपत्रहरू मुद्रा व्यवस्थापन विभागको कार्यालयमा ३ जुन २०२४ मा नेपाली समयअनुसार दिउँसो १ बजे उपस्थित हुन छनौट गर्ने बोलपत्रदाता प्रतिनिधिहरूको उपस्थितिमा खोलिने केन्द्रीय बैंकले जानकारी दिइएको छ ।