Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वीरगञ्ज भन्सारबाट १ खर्बभन्दा बढी राजस्व संकलन

१० सोमबार , बैशाख २०८१६ महिना अगाडि

वीरगञ्ज भन्सारबाट १ खर्बभन्दा बढी राजस्व संकलन

चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म वीरगञ्ज भन्सार कार्यालयले १ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको चैतसम्म कार्यालयले १ खर्ब १४ अर्ब १६ करोड राजस्व संकलन गरेको हो ।

चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म कार्यालयले १ खर्ब १४ अर्ब १६ करोड राजस्व संकलन गर्न सफल भएको बताईएको छ । चालू आर्थिक वर्षको ९ महिनामा भन्सार विभागले १ खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको भएपनि कार्यालयले लक्ष्यभन्दा ६७ अर्ब ८२ करोड कम राजस्व संकलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको हो । सवारीसाधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व संकलनलाई प्रभावित गरेकोे उनको भनाई रहेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाअगाडिको अवस्थामा फर्किन नसकेको पनि अधिकृत सुवेदीले जानकारी दिएका छन् । अधिकृत सुवेदीका अनुसार गत आर्थिक वर्षको ९ महिनाका लागि विभागले दिएको लक्ष्यको तुलनामा ६० प्रतिशत मात्र राजस्व संकलन भएको हो ।