Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मन्दिरको मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ

१० सोमबार , बैशाख २०८१६ महिना अगाडि

मन्दिरको मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ

दाङको तुलसीपुर-१९ छिल्लिीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन् । माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिला पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई रहेको प्रहरीले बताएको छ । उनीहरुले माताको भेषमा मन्दिर प्रवेश गरि मन्दिरबाट मूर्ति र घण्टी चोरी गरेको बताईएको छ ।

आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएका छन् । उक्त घटनामा तीनै जनाले आफूहरूलाई माता भन्दै भगवानले घण्टी माग गरेकाले मन्दिरबाट मूर्ति र घण्टी उठाएको बताएका छन् ।

प्रहरीले उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले बताएका छन् ।