Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वीरेन्द्रतालमा हिउँपहिरो सतर्क रहन आग्रह

०९ आइतबार , बैशाख २०८१६ महिना अगाडि

वीरेन्द्रतालमा हिउँपहिरो सतर्क रहन आग्रह

गोखराको चुमनुव्री गाउँपालिका-१ स्थित वीरेन्द्रतालमा हिउँपहिरो गएको छ । हिउँपहिरोले वीरेन्द्रताल फुट्दा बुढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको ।

बिहान पौने ९ बजे तिर तालमा ठूलो हिउँपहिरो झरेको बताईएको छ । हिउँपहिरो झरेका कारण स्थानीय ग्याब्लो खोला बढ्दा एउटा काठको फड्के पनि बगााएको स्थानीयले जानकारी दिएका छन् ।

हिउँपहिरो झरेपनि खतराको अवस्था नभएको स्थानीयको भनाइ छ । वीरेन्द्रतालमा हिउँपहिरो झरेपछि स्थानीय प्रशासनले आसपासका क्षेत्रका बासिन्दा लाई सजग रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको बताईएको छ । वीरेन्द्र तालबाट सामागाउँ आधा घन्टाको दुरीमा रहेको स्थानीयको भनाई छ ।

यता बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले बाढीले क्षति गर्ने संभावना रहेको भन्दै बाढी आउनुपूर्व नै सुरक्षित रहन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिनुभयो।