Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मकवानपुरको जंगलमा मानव कंकाल फेला

०९ आइतबार , बैशाख २०८१६ महिना अगाडि

मकवानपुरको जंगलमा मानव कंकाल फेला

मकवानपुरको जंगलमा मानव कंकाल फेला परेको छ । मकवानपुरगढी गाउँपालिका-८, आलखोला जंगलमा मानव कंकाल फेला परेको हो ।

प्रहरीको अनुसार शनिबार बिहान आलखोला जंगलमा घाँस काटन गएका स्थानीयहरुले मृत मानिसको कंकाल फेला पारेको बताईएको छ । कंकाल फेला परेपछि स्थानीयहरुले जनप्रतिनिधी र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको टोली पुगेर अनुसन्धान थाले पनि कंकालको सनाखत हुन सकेको छैन । घटनास्थलमा रहेको कपडा तथा कपाल हेर्दा पुरुष व्यक्तिको कंकाल जस्तो देखिएको प्रहरीको भनाई छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।