Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहर

०९ आइतबार , बैशाख २०८१६ महिना अगाडि

काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहर

आज काठमाडौँ विश्वको तेस्रो प्रदूषित शहरका रुपमा सूचीकृत भएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ हुँदा काठमाडौँ विश्वको तेस्रो प्रदूषित शहरका रुपमा सूचीकृत भएको हो ।

काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको र यहाँको एयर क्वालिटी इन्डेक्सका अनुसार आज वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको बताईएको छ । त्यस्तै चीनको बेइजिङ पहिलो र भारतको नयाँ दिल्ली दोश्रो स्थानमा रहेको छ । चीनको बेइजिङ १६७ एक्यूआई रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने र १०१ देखि १५० सम्मलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । त्यस्तै १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकर मानिन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको र ३०१ देखि ४०० सम्मलाई खतरनाक अनि ४०१ देखि ४५० लाई अति खतराका रुपमा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरिएको छ ।