Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गुल्मीमा आगलागीबाट ३८ घरगोठ जले

०९ आइतबार , बैशाख २०८१६ महिना अगाडि

गुल्मीमा आगलागीबाट ३८ घरगोठ जले

गुल्मी जिल्लाको इस्मा गाउँपालिका-२ मा भएको आगलागीमा ३८ वटा घरगोठ जलेको छ । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा आगोले १३ घर र २५ गोठ जलेको हो ।

उक्त आगलागीमा घरगोठ जल्दा झन्डै ४ दर्जन बढी भैंसी तथा बाख्रा पनि जलेको वडाध्यक्ष लोकनाथ आर्चायले बताएका छन् । आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेर निरीक्षण समेत गरेको बताईएको छ ।

हाल उक्त आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको टोलीले इस्मा गाउँपालिकाबाहेक अन्यत्र पनि आगलागी भएको र आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन गरिरहेको बताईएको छ ।

आगलागीबाट इस्मा गाउँपालिका- १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको बताईएको छ ।