Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चैत्रसम्म साढे पाँच लाखले श्रम स्वीकृति लिए

०८ शनिबार , बैशाख २०८१६ महिना अगाडि

चैत्रसम्म साढे पाँच लाखले श्रम स्वीकृति लिए

चालु आर्थिक वर्ष २०८० काे चेत्र मसान्तसम्म झण्डै साँढे पाँचलाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानका लागि उनिहरूले श्रम स्विकृति लिएका हुन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को चैतमा मात्रै ७० हजार ९ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाे बताइएकाे छ । श्रम स्वीकृति लिनेमा ६४ हजार २ सय ४१ जना पुरुष र ६ हजार ६ सय ९२ जना महिला रहेको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिएका छन् ।

यसरी श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३ सय ७३ जना अदक्ष, ५१ हजार ३ सय २८ जना सीप भएका, ५ हजार ६ सय ८४ जना अर्धदक्ष, ४ सय ८२ जना व्यवसायिक दक्षता र ६६ जना उच्च दक्षता भएका कमदार रहेका छन् ।

यस्तै चालु आर्थक वर्षको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मङ्सिरमा ७१ हजार २ सय ७६, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७ र फागुनमा ६५ हजार ६ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका  गरिएको छ ।

विभागको तथ्याङ्क उल्लेख भए अनुसार चैतमा मात्रै १७ हजार ८ सय १८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन् । सोही महिनामा साउदी अरेबियामा १३ हजार ६ सय ४१ जना, कतारमा ११ हजार २ सय ४ जना, मलेसियामा १२ हजार ६ सय २ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९ सय ६४ जना पुगेकाे बताइएकाे छ ।

त्यसैगरी रोमनियामा २ हजार २ सय ९९ जना, क्रोएसियामा ९ सय ६० जना, साइप्रसमा ७ सय ८१ जना, जापानमा १ हजार ३ सय ५१ जना, माल्दिभ्समा ४ सय ९३ जना, मौरिससमा ६ सय २० जना र दक्षिण कोरियामा ६ सय ५७ जना वैदेशिक राेजगारमा गएकाे विभागको तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।