Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बुवाको हत्या गर्ने छाेरा पक्राउ

०८ शनिबार , बैशाख २०८१६ महिना अगाडि

बुवाको हत्या गर्ने छाेरा पक्राउ

तनहुँमा आफ्नै बुवाको हत्या गरेको आरोपमा छाेरालाई प्रहरीले पक्राउ गरेको छ । ७६ वर्षीय बुबालाई धारिलाे हतियार प्रहार गरि हत्या गरेकाे आरोपमा म्याग्दे गाउँपालिका-६ का २६ वर्षीय दिपक विक पक्राउ परेका हुन् ।

विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको बताइएकाे छ । ७६ वर्षीय राप बहादुर विक तनहुँ शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका थिए । 

उनलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।