Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फास्ट ट्रयाक तोकिएकै समयमा बन्ने

०८ शनिबार , बैशाख २०८१६ महिना अगाडि

फास्ट ट्रयाक तोकिएकै समयमा बन्ने

काठमाडौँ-तराई-मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) ताेकिएकै समयमा बन्ने प्रधान सेनापति प्रभुराम शर्माले बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले हालसम्म लागत नबढेकाे र द्रूतमार्ग समयमा बन्ने बताएका हुन् ।

प्रधान सेनापति शर्माले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई तिब्रता दिएकाे बताउँदै फास्ट ट्र्याक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचारमा सत्यता नभएको बताएका थिए ।

उनले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको र कुनैपनि लागत नबढेको समेत स्पष्ट पारेका छन् । उनले तोकिएकै बजेटमा तोकिएकै समयभित्र काम सम्पन्न गर्न नेपाली सेना निरन्तर लागि रहेकाे बताए ।

प्रधान सेनापति शर्माका अनुसार काठमाडौँ-तराईरमधेश द्रूतमार्गको हालसम्म ३३.२ प्रतिशत भौतिक प्रगति भएकाे बताउँदै आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिएका छन् ।