Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कार्यालय समयमा कार्यकक्षमा नभए कारबाही

०८ शनिबार , बैशाख २०८१२ बर्ष अगाडि

कार्यालय समयमा कार्यकक्षमा नभए कारबाही

कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कारबाही गर्ने चेतावनी दिएको छ । कार्यालय समयमा हाजिर भएपनि कार्यकक्षमा खोज्दा कर्मचारी फेला नपरेको पाइएकाले अव कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मन्त्रालयले  कारबाही गर्ने चेतावनी दिएको हाे ।

सबै प्रतिष्ठान,विभाग,अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संयमित रहेर पदीय मर्यादा,आचरण र अनुशासन एवं विधिको पालना गर्न मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले निर्देशन समेत दिएका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आफ्नो निकाय वा कार्यलयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा फेला नपरेको पाइएकाले कार्यालय समयमा आफ्नो कार्यकक्षमा गैर उपस्थिति रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने भन्दै मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिएकाे हाे ।

कार्यालय समयमा कार्यकक्षमा कर्मचारी नहुँदा सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो बढेपछि कर्मचारीलाइ कार्यालय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन जारी गर्दै भविष्यमा कसैको पनि यस प्रकारका गतिविधि संलग्नता पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएकाे बताइएकाे छ ।