Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

झण्डै डेढसय ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

०५ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

झण्डै डेढसय ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

काठमाडौँ उपत्यका भित्र सञ्चालित झण्डै डेढसय ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ । उपत्यका भित्रका १ सय ४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको हाे ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १ सय ४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको जनाइएकाे छ । ब्लुबुक नभएका,नवीकरण नगरिएका सवारी साधन प्रयोग गर्ने गरेको सूचनाकाे आधारमा प्रहरीले छापा मारेकाे बताइएकाे छ ।

प्रहरीले सूचना पाएसँगै एकैदिन १ सय ४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको थियाे । यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको,पाँच वर्षभन्दा बढी समय नवीकरण नगरिएको सवारी समेत प्रहरीले फेला परेको जनाएकाे छ ।

प्रहरीले छापा मारेसँगै अवैध भेटिएका २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरिएको बताइएको छ ।