Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

०४ मंगलबार , बैशाख २०८१२ बर्ष अगाडि

वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

यहि वैशाख ६ र ७ गते सरकारले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी गरेकाे छ । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाइ लक्षित गरि भिटामिन ‘ए’ खुवाउने तयारी गरेकाे हाे ।

यसअघि झैँ स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्न लागेको हाे । सरकारले भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही क्रममा जुकाको औषधि पनि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने तयारी गरेकाे बताइएकाे छ ।  

यस पटक झन्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेकाे छ । नेपाल सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि अभियानको सञ्चालन गर्दै आएकाे छ ।

बैशाख ६ र ७ गतेसञ्चालन गरिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि सरकारले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मीलाइ खटाइने तयारी गरेकाे छ ।