Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आन्दोलनमा घाइते डाँगीको उपचारको क्रममा मृत्यु

०३ सोमबार , बैशाख २०८१२ बर्ष अगाडि

आन्दोलनमा घाइते डाँगीको उपचारको क्रममा मृत्यु

चैत्र २७ गते काठमाडौंमा राप्रपाले गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान चार बजे मृत्यु भएको हो ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत डाँगी राप्रपाको मधुवन नगरपालिका अध्यक्ष रहेका थिए । आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक डाँगीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्दै संबैधानिक राजतन्त्रको माग सहित ४० बुँदे माग सरकारलाई बुझाउदै आन्दोलन शुरु गरेको राप्रपाले प्रदर्शनमा प्रहरी प्रशासनले दमन गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको थियो  ।