Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इजरायलमा नेपाली सुरक्षित छन : नेपाली दूतावास

०३ सोमबार , बैशाख २०८१६ महिना अगाडि

इजरायलमा नेपाली सुरक्षित छन : नेपाली दूतावास

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै इजरायलमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेपनि नेपालीहरू सुरक्षित रहेको जनाएको हो ।

पछिल्लो समय इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चिन्ता सुरु भएको थियो । यसअघि युद्धमा परेर धेरै जना नेपालीले ज्यान गुमाएका कारण इजरायलमा भएका स–साना सांघातिक हमलामा पनि नेपालमा रहेका परिवार र आफन्तजनले चिन्ता ब्यक्त गर्दै आएका छन् ।

दूतावासले नेपालीहरूलाई कुनै समस्या परेर दूतावासमा सम्पर्क गर्न आग्रह गर्दै विज्ञप्तिमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

दूतावासले ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरूलाई कुनै असर नपरेको र सबै नेपालीहरू सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ विज्ञप्तिमार्फत भनेको छ ।

इजरायलमा यसअघि हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । उक्त हमलामा परि हमासको कब्जामा परेका विपिन जोशी अहिलेसम्म पनि स्वदेश फर्किन पाएका छैनन् । उक्त आक्रमणको बेला सरकारले जहाज पठाएर आफ्ना नागरिकको उद्धार गरेको थियो ।