Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वैशाख ४ गते टोखामा सार्वजनिक बिदा

०३ सोमबार , बैशाख २०८१६ महिना अगाडि

वैशाख ४ गते टोखामा सार्वजनिक बिदा

बिस्का जात्राको अवसरमा काठमाडौँको टोखा नगरपालिकाले वैशाख ४ गते सार्वजनिक बिदा दिने भएको छ ।  नगर कार्यपालिकाको चैत २९ गते बसेको बैठकले बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वैशाख ३ गते दुईवटा वडा र वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडामा सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त दिन स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिएका छन् ।

वैशाख २ गते बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बली पूजा गरि कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर बिहान ११ बजे थलागः टोलमा लस्करै बिसाइएको थियो ।

सोहिदिन दिउँसो ३ बजे गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूरजात्रा गरी रथ उठाएर साँझ गाउँ परिक्रमा गरी बेलुका ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइएको थियो । रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने गरिन्छ ।