Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विमानस्थल प्रमुख भन्सार प्रशासकमा बराल

०३ सोमबार , बैशाख २०८१६ महिना अगाडि

विमानस्थल प्रमुख भन्सार प्रशासकमा बराल

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सहसचिव महेश बरालले भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी सम्हालेका छन् । आइतबारदेखि बरालले जिम्मेवारी सम्हालेका हुन् ।

अर्थ मन्त्रालयले बराललाई प्रमुख भन्सार प्रशासकका रूपमा खटाएको बताईएको छ । यसअघि प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर हुन आनाकानी गरेपछि करिब २ महिनापछि बराललाई प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिएको हो ।  

सहसचिव पोखरेल हाजिर हुन नगएपछि फागुन ६ देखि भन्सार कार्यालय निमित्तकै भरमा चल्दै आएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १९ माघमा पोखरेललाई भन्सार विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सरुवा गर्ने निर्णय गरेकोमा पोखरेलले आफूसँग सल्लाह नगरिएको भन्दै हाजिर हुन गएका थिएनन् ।

सहसचिव सेवन्तक पोखरेल हाल आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकका रूपमा सरुवा मिलाएर गएको बताईएको छ ।