Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा

०३ सोमबार , बैशाख २०८१६ महिना अगाडि

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा

तनहुँ जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रूपमा सञ्चालनमा आएको छ । पाँच वर्ष अघि निर्माण थालिएको उक्त बन्दीपुर केबलकार नयाँ वर्षको शुरुसँगै आंशिक रूपमा सञ्चालनमा आएको हो ।

आंशिक रूपमा केवलकार सञ्चालनमा आएसंगै बन्दीपुर गाउँपालिका-४ स्थित केबलकार चोकमा रहेको बटम स्टेसनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पार्क’ र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेण्ट सर्वसाधारणका लागि व्यावसायिक रूपमा खुल्ला गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् ।

बन्दीपुर केबलकारको विधिवत रुपमा पूजापाठ गरी शुभारम्भ गरिएको थियो । हाल केबलकार आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने गरी सञ्चालन गरिएको र सर्वसाधारणका लागि जतिसक्दो चाँडै संचालनमा ल्याउने तयारि रहेको बताईएको छ ।

परियोजनाअन्तर्गत टुरिष्ट पार्क र रेष्टुरेण्ट भने पूर्ण रूपमा खुला गरिएको जनाईएको छ । मनमोहक टुरिष्ट पार्कमा आकर्षक गेटसँगै चट्टानमा नै बनेको शिव मन्दिर, गणेश स्वरूप छ भने फुटपाथ माथि ३३ देवी देवताको मूर्ति बनाइएको कम्पनीका उपाध्यक्ष किरण पोखरेलले जानकारी दिएका छन् ।

अत्यन्तै आकर्षक दाबी गरिएको उक्त टुरिष्ट पार्क ८६ करोड रुपैयाँको लागतमा तयार गरिएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिएका छन् । यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति २ सय, मोटरसाइकल ३ सय, ट्याक्सी ५ सय, माइक्रो १ हजार र ठूला बसका लागि १ हजार ५ सय शुल्क तोकिएको छ । कम्पनीले अफरको रूपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेण्टमा सेवा लिन सक्ने गरी गिफ्ट भौचर दिने रेष्टुरेष्ट म्यानेजर प्रकाश श्रेष्ठले बताएका छन् ।