Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू हुँदै

०३ सोमबार , बैशाख २०८१२ बर्ष अगाडि

नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू हुँदै

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रू हुने भएको छ । सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रू’ गर्न लागिएको हो ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको बताईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागीमा सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका स्थित बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ । यसअघि आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको थियो ।

मुख्य सुरुङको आज ब्रेक थ्रू भएपनि आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्न अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नु पर्नेमा आयोजनामा तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।

योजना अन्तर्गत बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान(भेन्टिलेसन)लगायतका काम बाँकी रहेको र उक्त काम सम्पन्न हुन् केहि समय लाग्ने आयोजनाले जनाएको छ ।