Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज जिब्रो छेड्ने जात्रा मनाईंदै

०२ आइतबार , बैशाख २०८१६ महिना अगाडि

आज जिब्रो छेड्ने जात्रा मनाईंदै

आज हरेक वर्ष वैशाख २ मा मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मनाईंदैछ । भक्तपुर जिल्लाको मध्यपुरठिमी नगरपालिका अन्तर्गत बोडेमा मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मानौं लागिएको हो ।

हरेक वर्ष झैँ यसवर्ष बोडेका २८ वर्षीय सुजन बाग; श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने तयारि गरेका छन् । श्रेष्ठले युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्दै हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेकोबताएका छन् ।

नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्ध कृष्णबाग श्रेष्ठको कान्छो छोरा सुजनले गत वर्ष झैँ यसवर्ष पनि जिब्रो छेडाएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने यदि त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वाश समेत रहेको छ ।

मध्यपुर ठिमी-२ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन रहेको छ । जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्ने र परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ ।

त्यस्तै मध्यपुरठिमी क्षेत्रमा आजै ३२ खटसहितको सिन्दुर जात्रा मनाइदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरठिमीका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाई रहेका छन् ।