Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मकैको बिउ उत्पादन कार्यक्रम सञ्चालन

०२ आइतबार , बैशाख २०८१६ महिना अगाडि

मकैको बिउ उत्पादन कार्यक्रम सञ्चालन

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले मकैको बिउ उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका-५, स्थित तिलगंगा महिला ‌बहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाको संघीय मकैबाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत यस वर्ष २० हेक्टर क्षेत्रफलमा मकैको बिउ उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मकवानपुरगढी गाउँपालिका- ५ को उक्त क्षेत्रफलमा बिउ उत्पादनको लागि मकै लगाएको बताइएको छ । गाउँपालिको कृषि विकास शाखाको प्राविधिक सहयोगमा सहकारी संस्थामा आवद्ध ७० जना कृषकहरुले बिउ उत्पादनको लागि रामपुर कम्पोजिट जातको बिउ लगाएको र मकै राम्रोसँग हुर्कदै गएको छ ।

गाउँपालिका-५ का सिमलटार, कालीवन, खैरहनी, मजुवा लगायतका क्षेत्रमा मकै लगाइएको र मकै राम्रोसँग हुर्कदै गएका बताईएको छ । हालसम्म मकैबाली राम्रो भए पनि फाटफुट रुपमा मकैका बिरुवामा देखिएका अमेरिकन फौजी किराको रोकथाम गर्नुपर्ने किसानहरूले बताएका छन् ।