Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गृहमन्त्रीको नेतृत्वमा ट्राफिक जनचेतना र्‍याली

०२ आइतबार , बैशाख २०८१२ बर्ष अगाडि

गृहमन्त्रीको नेतृत्वमा ट्राफिक जनचेतना र्‍याली

आज गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ट्राफिक जनचेतना र्‍याली निकालिएको छ । र्‍याली सुनधाराबाट सुरु भएर रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृहसम्म निकालिएको हो ।

गृहमन्त्री लामिछानेको नेतृत्वमा सुनधाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो । र्‍यालीले ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

आईतबार बिहान सुरु गरिएको र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए भने र्‍यालीमा विद्यार्थी,सामाजिक अभियन्ता तथा प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको बताईएको छ ।