Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिविका रेक्टर र रजिष्ट्रार नियुक्त

०२ आइतबार , बैशाख २०८१६ महिना अगाडि

त्रिविका रेक्टर र रजिष्ट्रार नियुक्त

त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्त भएका छन् । विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका हुन् ।

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष रेक्टर र रजिष्ट्रारमा उनिहरुको नाम सिफारिस गरेका थिए । त्रिविको ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसअघि उपकुलपतिले सिफारिस गरेका दुबै जनाको नाममा प्रधानमन्त्री सहमत नहुँदा नियुक्ति रोकिएको थियो । सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार रेक्टर र रजिष्ट्रार ल्याउन दबाब परेपछि प्रधानमन्त्री अप्ठेरोमा परेको चर्चा चलेको थियो ।

यता शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालले केसी र रिजालको पक्षमा अडान लिएको खबर बाहिरिसंगै बरालले रेक्टर नियुक्तिमा राजनीतिक हस्तक्षेप भए राजीनामा दिने चेतावनी समेत दिएका थिए । हाल रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा.केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा रहेका छन् ।