Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वैशाख ४ देखि झुलाघाट नाका बन्द

०२ आइतबार , बैशाख २०८१६ महिना अगाडि

वैशाख ४ देखि झुलाघाट नाका बन्द

भारतीय सीमाना जोडिएको बैतडी जिल्लाको झुलाघाट नाका वैशाख ४ गतेदेखि बन्द हुने भएको छ । भारतीय लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द हुने भएको हो ।

आगामी वैशाख ९ गते उत्तराखण्ड राज्यमा लोकसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिएका छन् ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको बताईएको । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा दुई देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिन लागेको बताईएको छ ।