Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मन्चकाे जोहोर बारु क्षेत्रको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल

३० शुक्रबार , चैत्र २०८०६ महिना अगाडि

मन्चकाे जोहोर बारु क्षेत्रको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ । मञ्चले डिल्लीराम पौडेलकाे अध्यक्षतामा ३ सदस्य पछि थप्ने गरि २१ सदस्यीय कार्य समिति निर्माण गर्दै अधिवेशन सम्पन्न गरेकाे हाे ।  

एनआरएनए जोहोर बारु हल लार्किङ मलेसियामा अप्रिल ११ मा सम्पन्न अधिवेशनले अध्यक्ष डिल्लीराम पौडेल सबिन, वरिष्ठ उपाध्यक्ष अनिल चन्द, उपाध्यक्षहरु ईश्वर कार्की, राजु बिक र दिनेश बिष्ट,सचिलमा किरण न्यौपाने सह सचिवमा सुस्मिता तामाङ,कोषाध्यक्षमा बिष्णुमाया पाख्रिन, सह कोषाध्यक्षमा सौरव ज्योतिलाइ चयन गरेकाे छ । त्यसैगरि सदस्यहरुमा खिम बहादुर वली, मोहमद अहमोद कबडिया, अग्नि बर्मा, बिनोद भुजेल, दल बहादुर शाही, खुम बहादुर खड्का, धनन्जय टमटा, नन्द लाल थिङ र रमेश खड्का रहेका छन् ।

मञ्चकाे केन्दिय अध्यक्ष प्रेम पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए एनसीसी मलेसियाका उपाध्यक्ष अरुण गिरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । क्षेत्रीय समिति अधिवेशन आयोजक समितिका संयोजक अर्जुन सिंह अनुरागीको सभापतित्वमा सम्पन्न अधिवेशनकाे संचालन मन्चका सल्लाहकार कृष्ण नेपालले गरेका थिए भने मन्चका अर्का सल्लाहकार टुकेन्द्र लिम्बुले स्वागत मन्तव्य राखेका थिए ।