Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चौधरीको मुद्दा हेर्न नमिल्नेमा

३० शुक्रबार , चैत्र २०८०६ महिना अगाडि

चौधरीको मुद्दा हेर्न नमिल्नेमा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको मुद्दा हेर्न नमिल्नेमा परेको छ । नाउपा पार्टीको अधिवेशनबाट पार्टीले आफूलाई अध्यक्षमा निर्वाचित गरेको तर निर्वाचन आयोगले टिकापुर प्रकरणमा सजाय भोगेको व्यक्ति भएको हुँदा रेशमलाई पार्टी अध्यक्ष बन्न नपाउने निर्णय गरेको थियो ।

चौधरीले आफूलाई राष्ट्रपतिले आममाफि दिएको र पार्टी अध्यक्ष बन्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा आयोगका विरूद्ध रिट दायर गरेका थिए । उक्त मुद्दाको पेशी आजका लागि न्यायाधीशद्धय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो ।

आजको लागि पेशी तोकिए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित् भएको हो । यसअघि न्यायाधीश सुवेदीले टीकापुर प्रकरणको फैसला गर्दापनि सोही मुद्दा हेरेका कारण पुरानो मुद्दापनि सँगै राखिने भएपछि उक्त मुद्दामा सुवेदीको इजलासले हेर्न नमिल्ने भएको हो ।