Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

देशभर तुवाँलो,पानीले प्रदूषण केही कम

३० शुक्रबार , चैत्र २०८०२ बर्ष अगाडि

देशभर तुवाँलो,पानीले प्रदूषण केही कम

मुलकभरका विभिन्न स्थानमा लागेको डढेलोका कारण हावामा धुवाँ, धुलो कायमै रहदा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको कारण नेपालको वायु स्वच्छ नभएको हो ।

बिहीबार गण्डकी, बागमती र कोशी प्रदेशमा हावाहुरीसहित वर्षा भएसँगै प्रदूषणमा केही कम भएको थियो । तर, एक सातादेखि हरेक दिन मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह पुग्दै आएकोमा वर्षा भएपनि त्यो कायमै रहेको बताईएको छ ।

केहि दिन यात नेपालमा प्रदूषणको स्तर ह्वात्तै बढेर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको थियो । विश्वभरको वायु प्रदूषणको स्तर मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायू गुणस्तर सूचक (एक्यूआई) २०० माथि पुगेको थियो ।

शुक्रबार बिहान ९:३० बजेको रेकर्ड अनुसार  काठमाडौं विश्वकै दोस्रो सबैभन्दा बढी वायु प्रदूषण भएको सहरमा परेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार काठमाडौं विश्वको दोस्रो बढी वायु प्रदूषण भएको शहरमा गनिएको छ । आज काठमाडौंको एयर क्वालिटी इन्डेक्स १७९ रहेको छ ।