Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटे

३० शुक्रबार , चैत्र २०८०६ महिना अगाडि

काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटे

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउपलिका-५ मा ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । रोशी गाउपलिका-५ नागबेलीमा रहेको ठकुरानीको घरको बुद्धचित्तको रुख अज्ञात समूहले काटेको हो ।

तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख काटेर बुद्धचित्त काटेकै स्थानमा चार वटासकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाएको बताईएको छ ।

उक्त स्थानमा अज्ञात समूहले राखेको बम निष्क्रिय पार्न सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको जनाइएको छ । बोट काटिएको स्थान र घरको ढोका र आँगनमा ४ वटा सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको जनाउदै प्रहरीले थप अनुसन्धान थालेको छ ।