Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दिउँसो राष्ट्रिय सभाको बैठक बस्दै

३० शुक्रबार , चैत्र २०८०६ महिना अगाडि

दिउँसो राष्ट्रिय सभाको बैठक बस्दै

आज दिउँसो १:१५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । आजको बैठकमा विकास,आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताईएको छ ।

त्यस्तै बैठकमा संसद सचिवालयका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने जनाएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकबारे पनि छलफल हुनेछ ।

त्यसपछि विधेयकमा ‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव मन्त्री साहले प्रस्तुत गर्ने कार्यसूची रहेको बताईएको छ ।