Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

३० शुक्रबार , चैत्र २०८०६ महिना अगाडि

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

आज शुक्रबार २०८० सालको अन्तिम दिन चैत्र ३० गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नयाँ मूल्यअनुअसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७ सयमा कारोबार भएको महासंघले जानेको छ ।