Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ती हट राष्ट्रपति, यी हास्य प्रधानमन्त्री

०४ सोमबार , माघ २०७२९ बर्ष अगाडि

ती हट मोडल महिला क्रोयसियाकी राष्ट्रपति हुन्: कोलिन्दा ग्रैबर कित्रोविक। हेर्दा मोडल हुन् कि भन्ने भ्रम पर्न सक्छ तर यिनी राजनेतृ हुन्। सन २०१५ फेब्रुअरी १९ मा भएको निर्वाचनमा जनताले यिनलाई राष्ट्रपतिमा निर्वाचित गरेका हुन्। यिनी दुईपटक विदेशमन्त्री बनिसकेपछि राष्ट्रपति बन्न सफल भएकी हुन्। यिनको विशेषता के छ भने यिनले कहिले पनि जनतासँग झूठ बोलिनन्। स्पष्टवक्ता यिनले जनताको मन छुने काम र निर्णयहरु गरेकी छिन्। यही कारण कोलिन्दा ग्रैबर कित्रोविकको यो हट र सेक्सी व्यवहारप्रति क्रोयसियाका जनता मन पराउँछन्। उनको स्वच्छ छवि र हट स्टाइल निर्वाचनमा जनताको रोलमोडल नै बनेको थियो।
अर्का हुन् हाम्रा केपी कमरेड अर्थात खड्गप्रसाद ओली। ओलीको स्टाइल भनेको उखान टुक्का र तीतो आलोचना हो। उखान टुक्का भन्दा भन्दै, अर्काको तीतो अलोचना गर्दा गर्दै ओलीले जनतालाई पेट मिचीमिची हसाएर ठूलै हल्ला मच्चाए। हल्लैहल्लामा उनी प्रधानमन्त्री बन्न पनि सफल भए। अव त नेपालमा के के न होला भनेर सोचेका थिए जनता। माघ ५, आजै ओली प्रधानमन्त्री बनेको सय दिन पुग्यो। हनिमुन पिरियड आजै सकिदैछ। ओलीको प्रधानमन्त्रीत्वको सय दिन पीडा, कष्ट, आँसुमा डुबेका जनतालाई ठट्टामा उडाइदिए। हाहाकारमा बाँचेका जनतालाई मजाक बनाइदिए। शासनसत्तालाई लूटको अखडा र प्रशासनलाई भ्रष्टाचारको दलदलमा परिणत गरिदिए। इमान, नैतिकता, इच्छाशक्ति, आँट र हैसियत भनेको प्राविधिक रुपमा उनका पक्षमा रहेको बहुमतको समर्थनमात्र छ, बाँकी ओली भनेका गोली होइन हास्यकलाकारमात्र हुन् भन्ने प्रमाणित भयो।
ती हट राष्ट्रपति, यी हास्य र कोल्ड प्रधानमन्त्री।
कति भिन्नता छ? हट पोज दिने राष्ट्रपति काम गर्छिन्, हाम्रा प्रधानमन्त्री मनोरञ्जन गर्छन्।